मेरो भनाई
नमस्कार,
सर्वप्रथम रोजगारीको शिलशिलामा यूवाहरुको गन्तव्य बन्दै गरेको दक्षिण कोरीयालाई रोजाईमा पारेर यस किताब र मेरो संस्थामा आबद्ध हुनुभएकोमा सम्पूर्ण विद्यार्थी वर्गहरुमा आभार प्रकट गर्दै यस किताबलाई प्रकाशन गरेको छु । कोरीयन भाषा र EPS लाई केलाउने हो भने, सन् १४४३ मा त्यतिबेलाका कोरियाका राजाले (हान्गुल) नामक वर्णमालाको प्रतिवादन गरेका थिए भने साना तथा कोरीयन मझौला कम्पनीहरुले कामदारको अभाव भएर सन् २००४ देखि EPS अर्थात रोजगार अनुमती प्रणालीद्वारा विभिन्न देशहरुबाट कामदार लैजाने प्रक्रिया सुरु भयो र शोही System अनुसार २००८ देखि नेपालमा पनी (Gov. to Gov.) सम्झौता भएर लागु गरिएको थियो ।
हुन त यो समय अन्तरालमा बजारमा विभिन्न पुस्तकहरु नभएका, होईन र कोरियन भाषाका बजारका किताबहरु भन्दा यस किताबलाई पृथक रुपमा बनाइएको छ । भाषामा लगनशिलता रुची, मेहनत जाँगरिला साथ लागी परेकोले भाषालाई विद्यार्थी भएर सिकी विद्यार्थीलाई| सिकाउने अनुभव लिएर EPS को कडा प्रतिस्पर्धा मार्फत कोरीयामा गई सोही ठाउँको भेषभुषामा अझ गहिरो अध्ययनका साथ फेरी विद्यार्थी सामु नेपाल फर्केर विद्यार्थीको कोरिया जाने सपनामा कुनै प्रकारको कमी नहोस भन्ने हेतुले यो ASHISH INSTITUTE PVT. LTD. को सुरुवात र यस किताबको प्रकाशन गरेको छु ।
Morning Shows the day. भने भै यस किताबले कोरीयन भाषा प्रेमी विद्यार्थीहरुलाई, भाषाको Course Book. EPS PBT CBT Topik Level मा दक्ष बन्नु हुनेछ भन्ने विश्वस्त आशामा छु ।
अन्तत: No body is perfect pencil has eraser on it. भने भै यो संसारमा Perfect त कोही पनि छैन हामी पनि होइनौ संघर्ष रहीत रुचीसाथ अध्ययन गर्नु भएमा तपाईहरुको ध्यय अवश्य पुरा हुनेछ भन्ने प्रतिबद्धताका साथ थप सुझाव सल्लाहको अपेक्षा राख्दै सफलताको शुभकामना व्यक्त गर्न चाहान्छु ।
pa 952260@gmail.com मा Mail राख्नुहुन अनरोध गर्दछु ।